गण्डकी टेलिभिजनको कार्यक्रम गण्डकी छड्केको समाचार प्रयोजनको लागी भन्दै गण्डकी प्रदेशका बिभिन्न बिद्युत बितरण केन्द्रहरुलाई केही सुचनाको माग गर्दै पत्राचार गरियो । तर एक हप्ता बित्दा समेत कुनै पनी बितरण केन्द्रहरुले सुचना दिएनन् । सुचनाको हक सम्बन्धी ऐन अनुसार, सेवा प्रदायकले तत्काल सम्भव हुने सुचनाहरु तत्कालै उपलब्ध गराउनु पर्छ भने, तत्काल सम्भव नहुने प्रकृतीका सुचना भए, के कती कारणले सुचना दिन नसकिने हो ? सो खुलाएर तत्काल निवेदकलाई जानकारी गराउनु पर्छ । तर प्राधिकरणले सुचनाको हक सम्बन्धी ऐन उल्लघन गरेपछी यही बिषयमा गण्डकी छड्केको यस हप्ताको श्रृखला तयार पारीएको छ । सो श्रृखलामा प्राधिकरणको बिषयमा रिपोटीङ गर्नुपर्ने अर्कै बिषय रहेको थियो, तर सोही बिषयको सम्बन्धमा सुचना माग गर्दा सुचना दिन आलटाल गरेपछी गण्डकी छड्केको बिशेष रिपोटीङ सम्भव हुन सकेको थिएन ।
गण्डकी छड्केको आजकै श्रृखलामा पोखरामा निर्माणाधिन पोखरा क्षेत्रिय अन्तराष्ट्रिय बिमानस्थलको पछिल्लो अवस्था देखी बिमानस्थलका अन्य बिबिध बिबादित बिषयबस्तुमा सरोकारवाला संगको बहस समेत समावेश छ । गण्डकी टेलिभिजनमा शुक्रबार प्रसारीत कार्यक्रमको पुरा श्रृखला तलको भिडियोमा हेर्नुहोस ः