News Portal

  • प्रमद्वारा इन्द्रजात्राको शुभकामना

    २१७६ पटक

    प्रधानमन्त्री केपी शर्मा ओलीले इन्द्रजात्राका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ ।

    पौराणिककालका खास घटनामा आधारित भएर शुरु भएका यस्ता चाडपर्व कालान्तरसम्म जीवितै हुनु खुशीको कुरा भएको बताउँदै उहाँले यहाँ सबै जातिका आफ्नै प्रकारका संस्कृति र चाडपर्व सांस्कृतिक सम्पत्ति भएकाले सरकार यस्ता सांस्कृतिक चाडपर्वको संरक्षण र सम्वद्र्धधनमा सकारात्मक रहेको स्पष्ट गर्नुभएको छ ।

    प्रधानमन्त्रीले विभिन्न जाति, समुदाय र भूगोलमा बसोबास गर्ने नेपालीले मनाउने चाडपर्वले नेपालीलाई एकताको सूत्रमा बाँधेको उल्लेख गर्दै भन्नुभएको छ, “नेपालको यो एकतालाई धुमिल्याउन विभिन्न तत्वले विगतमा गरेका प्रयासलाई नेपाली जनताले परास्त गरेका छन्, नेपालीहरु जाति, धार्मिक, सांस्कृतिक रुपमा एकताबद्ध छौँ भन्ने सन्देश नेपालीहरुले दिएका छन् । यो हाम्रा लागि गौरवको कुरा हो ।”

    वर्तमान सरकार आर्थिक विकास र सृमद्ध नेपाल निर्माणमा प्रतिबद्ध रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सरकारको यो अभियानसँग यस प्रकारका सांस्कृतिक महत्व भएका चाडपर्व पनि जोडिन सक्ने बताउनुभयो । मौलिक विशेषता भएका यस्ता पर्व विदेशी पर्यटक आकर्षणका लागि महत्वपूर्ण सावित हुन सक्ने भएकाले यिनलाई पर्यटनसँग जोडेर पनि हेर्नु उपयुक्त हुने प्रधानमन्त्रीले सन्देशमा बताउनुभएको छ ।

    प्रतिकृया दिनुहोस्

    कोरोना संक्रमित चिकित्सकको डरलाग्दो अनुभव, सरकारी गाडीको दुरुपयोग गर्दै गाउँपालिका (भिडियो सहित)

    पोखराका चिरपरीचित चिकित्सक डा. मुकुन्द आचार्य कारोना जितेर अहिले नियमित काममा फर्किसकेका छन । तर...

    विप्लव पुत्र प्रकाश भन्छन्-‘दुर्गा प्रसाई माफिया नै हुन’, प्रसाई भन्छन्-‘व्यवसाय गरेर खान नपाउने ?’ (भिडियो सहीत)

    केही दिन अघि सार्वजनिक भएको प्रतिबन्धीत संगठन नेकपाका महासचिव नेत्र बिक्रम चन्द ‘बिप्लव’ का छोरा...

    कोरोना संक्रमण डरलाग्दो, प्रदेशको तयारी अस्तव्यस्त, मुख्यमन्त्री कता ? (भिडियो सहित)

    गण्डकी प्रदेशको राजधानी शहर पोखरामा जटिल प्रकृतिका कोरोना संक्रमितको उपचारको लागि बेड पाउनै मुस्कील छ...

    कोरोना संक्रमण: पोखरामा डरलाग्दो स्थिति, एउटा बेड पनि खाली छैन, निजी अस्पतालले लाखौ असुल्दै (भिडियो सहीत)

    प्रदेश राजधानी पोखरामा कोरोना संक्रमणको डरलाग्दो रुप देखिएको छ । विहीबार पोखराका सरकारी र निजी...

    फिल्ड भिजिटको नाममा यसरी घुस माग्दै कर्मचारी ! दशैमा पोखरामा सुरक्षा चुनौती ? (भिडियो सहित)

    पोखरा महानगरपालिका वडा नं १७ कार्यालयका एक कर्मचारीले फिल्ड भिजिटको नाममा घुस मागेको खुलेको छ...