पोखराको प्रमुख पर्यटकिय केन्द्र फेवातालको क्षेत्रफल लगायतको बिषय अहिले चर्चा र विवादमा छ । फेवातालको सिमाङ्कन र नक्शाङ्कनको लागि पुन्य प्रसाद पौडेलको संयोजकत्वमा गठित समितीले फेवाको क्षेत्रफल ११ हजार २ सय ५५ रोपनी निर्धारणपछि फेवाको क्षेत्रफल किन घट्यो ? भनेर प्रश्न उठ्यो । कारण, २०६९ सालमा बिश्व प्रकाश लामिछानेको संयोजकत्वमा गठित समितिको प्रतिवेदनले देखाएको तालको क्षेत्रफल भन्दा यो हाराहारी १६ सय रोपनी कम थियो । यसो त फेवाको क्षेत्रफलको सन्दर्भमा यस अघि धेरै पटक विभिन्न अध्ययनहरु भइसकेका छन् । यद्यपी सबै अध्ययनका प्रतिवेदनहरुमा एकआपसमा एकरुपता कायम छैन ।
बिश्वप्रकाश लामिछानेले आफ्नै प्रतिवेदन बैज्ञानिक रहेको बताइरहँदा सर्वसाधारणहरु फेवाको पछिल्लो क्षेत्रफलमाथी प्रश्न उठाइरहेका छन् ।
फेवाको यही क्षेत्रफल विवादको बिषयलाई लिएर गण्डकी टेलिभिजनको कार्यक्रम गण्डकी छड्केले बिश्वप्रकाश लामिछाने र पुन्य प्रसाद पौडेललाई फेवा किनारको एकै ठाउमा राखेर बहस चलाएको छ । गण्डकी टेलिभिजनमा शुक्रबार प्रसारीत कार्यक्रमको पुरा श्रृखला तलको भिडियोमा हेर्नुहोस ः