News Portal

  • तनहुँ शिशाघाट प्रहरी इन्चार्जले नियमित घुस लिएको आरोप, प्रवक्ता भन्छन् : त्यस्तालाई छोड्दैनौ (भिडियो)

    अपिल त्रिपाठी
    ३५ पटक

    ब्यास नगरपालिका वडा नं. ६ स्थीत शिशाघाट प्रहरी चौकी विवादमा तानिएको छ । त्यहाका इन्चार्ज शुबोध कुमार रायलाई एक स्थानिय व्यवसायीसंग नियमित रुपमा घुस लिने गरेको आरोप लागेको छ । व्यवसायी पाण्डव लामाले इन्चार्ज रायले विभिन्न बहाना बनाउदै आफुबाट पटक–पटक घुस लिने गरेको बताएका छन् । पछिल्लोपटक आफुले घुस दिन नमान्दा चौकी इन्चार्जले हैरानी दिएको उनको आरोप छ । उनले प्रहरी चौकीमै केही दिन अगाडी रेकर्ड गरेको अडियोमा पनि उनीहरु बीच घुसको कारोबार हुने गरेको देखिएको छ ।

    व्यवसायी लामाले यस बिषयमा केही महिना अगाडी नै गण्डकी टेलिभिजनको कार्यक्रम गण्डकी छड्केमा गुनासो टिपाएका थिए । टेलिभिजन टिमले यसमा अध्ययन गरिरहंदा, पछिल्लोपटक लामाले अडियो फाइल समेत पठाएपछी गण्डकी छड्केको यस हप्ताको श्रृखलामा यस बिषयमा रिपोटीङ गरिएको छ । आरोपी प्रहरी रायले भने यि सबै कुरा गलत भएको बताएका छन् ।

    तनहुँका प्रहरी प्रवक्ता युवराज तिमिल्सेनाले यस बिषयमा छानबिन गरी दोषी उपर कारवाही गर्ने बताएका छन् । गण्डकी छड्केको यसै श्रृखलामा एक दृष्टीबिहीन दम्पतीको ह्रदयबिदारक कथा पनि समेटीएको छ ।

    गण्डकी टेलिभिजनमा शुक्रबार प्रसारीत कार्यक्रमको पुरा श्रृखला तलको भिडियोमा हेर्नुहोस ः

     

    प्रतिकृया दिनुहोस्

    खोलामा करोडको ‘अवैध धन्दा’, मिडिया पुगेपछी भागाभाग (भिडियो सहित)

    कास्कीको माछापुच्छ्रे गाउँपालिकाका घाटहरुमा निर्वाध अबैध उत्खनन भइरहेको पाइएको छ । ठेक्का सम्झौता नै नभई...

    तनहुँ शिशाघाट प्रहरी इन्चार्जले नियमित घुस लिएको आरोप, प्रवक्ता भन्छन् : त्यस्तालाई छोड्दैनौ (भिडियो)

    ब्यास नगरपालिका वडा नं. ६ स्थीत शिशाघाट प्रहरी चौकी विवादमा तानिएको छ । त्यहाका इन्चार्ज...

    प्रहरीको लापरवाही : दुई थुनुवा भागे, १० दिन देखी वेखबर (भिडियो सहित)

    गत माघ १८ गते कास्कीका सुमन बिक र विवेक राउतलाई तनहुँ बेलचौतारा प्रहरीले करीब साढे...

    शिक्षकको बदमासीले छोरेपाटन स्कुलमा लफडा ! (भिडियो सहित)

    पोखराको राष्ट्रिय माबिका शिक्षकले छात्रालाई होटलमा लगेर परीक्षा लिएको प्रकरण सेलाउन नपाउदै त्यस्तै घटनाको झल्को...

    ९ अर्ब भ्रष्टाचार बारे बाबुराम भट्टराई, केपी ओलीलाई यस्तो सम्म भनेको थियो जि न्युजले (भिडियो सहित)

    पुर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले केही समय अघि केपी शर्मा ओली, प्रचण्ड र शेरबहादुर देउवा मिलेर...