पोखरा टुडिखेलमा रहेको राष्ट्रिय माबिका शिक्षकले एक छात्रालाई होटलमा पु¥याएर परीक्षा लिएको खुलेको छ । विद्यालयका शिरीष कुमार वस्ताकोटी नाम गरेका स्थायी शिक्षकले कक्षा ११ को परीक्षा दिन छात्रालाई होटल पु¥याएका थिए ।
छात्राका अनुसार शुरुमा त्यसरी परीक्षा दिन विद्यालयका अर्का शिक्षक घनश्याम रेग्मीले प्रस्ताव गरेका थिए । रेग्मीले नै छात्रा र शिरीष संग सहजीकरणको काम गरेको छात्रा बताउंछिन् । शिक्षक शिरीष कुमार बस्ताकोटीले आफुबाट गल्ती भएको स्वीकार गरेका छन् । तर आफुलाई त्यसरी परीक्षा लिइदिन सह–केन्द्रध्यक्ष समेत रहेका अर्का शिक्षक घनश्याम रेग्मीले निर्देशन दिएकोले आफुले त्यसलाई पालना मात्र गरेको उनको दाबी छ । यता घनश्याम रेग्मी भने यो बिषयमा आफुले केही सहजीकरण नगरेको र आफुलाई थाहा नै नभएको दाबी गर्छन् ।
विद्यालयका प्रधानाध्यापक सूर्य तिवारी भने यस प्रकरणमा दुबै जना शिक्षकको हात रहेको बताउंछन् ।
गण्डकी टेलिभिजनको कार्यक्रम गण्डकी छड्केको यस हप्ताको श्रृखलामा यही बिषयमा रिपोटीङ गरिएको छ । कार्यक्रममा २ शिक्षक सहित पीडित छात्रा, प्रधानाध्यापक र राष्ट्रिय परीक्षा बोर्डको प्रदेश परीक्षा व्यवस्थापन कार्यालयका प्रमुख विष्णुकुमार श्रेष्ठसंग समेत संवाद गरिएको छ ।
गण्डकी टेलिभिजनमा शुक्रबार प्रसारण भएको कार्यक्रमको पुरा श्रृखला तलको भिडियोमा हेर्नुहोस ः