News Portal

  • पोखरामा पार्किङको लफडा रातीमा सडकका खाल्डा पुर्दै अपिल, बिप्लव पार्टीका नेताको ‘रहस्यमय’ मरण ?

    अपिल त्रिपाठी
    १०० पटक

    पोखरा महानगरपालिकाले सवारी साधनको पार्किङ शुल्क लिने गरी गरेको ठेक्का सम्झौताको बिरोध भएको छ । कारोनाले थला परेको यातायात क्षेत्रलाई सहयोग गर्नुको साटो महानगरले उल्टो दमन गरेको यातायात ब्यबसायीहरुको भनाई छ । पार्किङ शुल्क अत्यन्त महङ्गो भएको तथा महानगरले ब्यबस्थीत पार्किङको लागी कुनै पुर्वाधार नै नबनाई शुल्क लिने कुरा गलत भएको भन्दै महानगरपालिका कार्यालय गेटमा बिरोध प्रदर्शन समेत हुने गरेको छ ।

    महानगरका प्रमुख प्रशासकिय अधिकृत महेश बराले भने पार्किङ ब्यबस्थापनको लागी नै शुल्क लिन ठेक्का सम्झौता गरेको दाबी गर्छन । भएको सम्झौता रद्ध नहुने पनी उनले बताएका छन । गण्डकी टेलिभिजनको कार्यक्रम गण्डकी छड्केको यस हप्ताको श्रृखला पोखराको यही पार्किङ प्रकरणमा गरीएको रिपोटीङ समावेश गरीएको छ ।

    त्यस्तै, कार्यक्रमका प्रस्तोता अपिल त्रिपाठीले पोखराको महेन्द्रपुल र पालिखेचोकका सडकका खाल्डाहरु शुक्रबार राती आफैले पुरेका छन । कार्यक्रममा यो बिषय पनी समेटीएको छ ।

    साथै, पर्वत कारागारमा रहेका बिद्रोही नेकपाका नेता जगेन्द्र पुनः को पोखरामा भएको भनिएको रहस्यमय मृत्यु प्रकरणबारे गरीएको रिपोटीङ पनी सोही कार्यक्रममा समेटीएको छ ।

    गण्डकी टेलिभिजनमा शुक्रबार प्रसारीत कार्यक्रम गण्डकी छड्केको पुरा श्रृखला तलको भिडियोमा हेर्नुहोस ः

     

    प्रतिकृया दिनुहोस्

    शिक्षकको बदमासीले छोरेपाटन स्कुलमा लफडा ! (भिडियो सहित)

    पोखराको राष्ट्रिय माबिका शिक्षकले छात्रालाई होटलमा लगेर परीक्षा लिएको प्रकरण सेलाउन नपाउदै त्यस्तै घटनाको झल्को...

    ९ अर्ब भ्रष्टाचार बारे बाबुराम भट्टराई, केपी ओलीलाई यस्तो सम्म भनेको थियो जि न्युजले (भिडियो सहित)

    पुर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले केही समय अघि केपी शर्मा ओली, प्रचण्ड र शेरबहादुर देउवा मिलेर...

    परीक्षा लिन छात्रालाई होटल पु¥याए शिक्षकले, भन्छन् – ‘गल्ती भयो, माफ पाँउ’ (भिडियो सहित)

    पोखरा टुडिखेलमा रहेको राष्ट्रिय माबिका शिक्षकले एक छात्रालाई होटलमा पु¥याएर परीक्षा लिएको खुलेको छ ।...

    बिप्लवका छोरा प्रकाशलाई भारतबाट धम्की ! नयाँ उर्जा मन्त्रीलाई प्रश्न-कुलमानलाई नियुक्ति दिने कि नदिने ? (भिडियो सहित)

    प्रतिबन्धीत नेकपाका महासचिब नेत्रबिक्रम चन्दका पुत्र डा. प्रकाश चन्दलाई भारतिय नंवर बाट धम्की आएको छ...

    संसद बिघटन : कास्कीका नेताहरुको चर्काचर्की बहस (भिडियो सहित)

    प्रधानमन्त्री केपी शर्मा ओलीको शिफारीसमा भएको संसद बिघटनको बिषयलाई लिएर कास्कीका नेताहरु कडा सुनिएका छन...