
नेपाल बिद्युत प्राधिकरण, तनहुँ बितरण केन्द्र अन्र्तगतको आँबु प्रशाखाका कार्यालय प्रमुख कृष्ण आले घुस रकम सहीत रंगेहात पक्राउ परेका छन । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, पोखरा कार्यालयको टोलीले मंगलबार उनलाई पक्राउ गरेको हो । आबुखैरेनीमा भएको एक सवारी दुर्घटनामा बिजुलीको पोलमा क्षती पुगेपछी, सवारी धनी संग बिभिन्न बाहाना बनाई आलेले घुस रकम माग गरेको खुलेको छ । घुस रकम लिइसकेको अवस्थामा कार्यालय परीसर बाट नै कार्यालय प्रमुख आले पक्राउ परेका हुन ।
गण्डकी टेलिभिजनको कार्यक्रम गण्डकी छड्केको यस हप्ताको श्रृखलामा घुस रकम माग गरेको प्रमाण सहीतको स्टिङ अपरेशन प्रस्तुत गरीएको छ । पक्राउ परेपछी कार्यालय प्रमुखले आफुबाट गल्ती भएको तर यो रकम आफ्नो लागी नभइ अरु कर्मचारीको लागी माग गरीदिएको बताएका छन ।
गण्डकी छड्केको सोही श्रृखलामा सगरमाथाको उचाई नाप्ने कार्यका एक टिम लिडर, नापी कार्यालय कास्कीका प्रमुख नापी अधिकृत खिमलाल गौतमको अनुभव सहीतको संवाद पनी समाबेश गरीएको छ ।
गण्डकी टेलिभिजनमा शुक्रबार प्रसारीत कार्यक्रमको पुरा श्रृखला तलको भिडियोमा हेर्नुहोस ः