News Portal

  • विप्लव पुत्र प्रकाश भन्छन्-‘दुर्गा प्रसाई माफिया नै हुन’, प्रसाई भन्छन्-‘व्यवसाय गरेर खान नपाउने ?’ (भिडियो सहीत)

    अपिल त्रिपाठी
    ५३ पटक

    केही दिन अघि सार्वजनिक भएको प्रतिबन्धीत संगठन नेकपाका महासचिव नेत्र बिक्रम चन्द ‘बिप्लव’ का छोरा डा. प्रकाश चन्द र ब्यबसायी दुर्गा प्रसाई बिचको टेलिफोन संवाद अहिले सामाजिक संजालमा भाइरल बनेको छ । संवादमा दुवैले एक अर्कालाई आरोप–प्रत्यारोप गरेका छन । टेलिफोन संवाद सार्वजनिक भएपछी प्रतिक्रिया दिदै, प्रकाश चन्दले आफुले सो कुरा आवेगमा बोलेको नभइ दुर्गा प्रसाई लगायतका मानिसहरु मेडिकल माफिया नै रहेको दावी दोहो¥याएका छन । माफियाहरुलाई राज्यले कारवाही नगरे आफुले कारवाही गर्ने चेतावनी समेत चन्दले दिएका छन ।

    यता ब्यबसायी दुर्गा प्रसाईले भने आरोप प्रमाणित गर्न चन्दलाई चेतावनी दिएका छन । ‘आफ्नो ब्यबसाय गरेर खाएको छु, राज्यलाई करोडौ कर तिरेको छु, म कसरी माफिया ?’ – प्रसाईको प्रश्न छ ।

    अर्को फरक प्रसङ्गमा बिप्लव पुत्र प्रकाशले आफु अब चिकित्सक बनिसकेपनी निजी अस्पतालमा काम नगरी बिपन्न बर्गका जनताको स्वास्थ्य उपचारमा लाग्ने जनाएका छन । केही दिन देखी सामाजिक संजालमा चर्चित बनेको प्रसाई र चन्द बिचको टेलिफोन संवाद र आरोप–प्रत्यारोपको बिषयमा गण्डकी टेलिभिजनको कार्यक्रम गण्डकी छड्केले यस हप्ताको श्रृखला तयार पारेको छ । कार्यक्रममा प्रसाई र चन्द बिचको पछिल्लो प्रकरण संग सम्बन्धीत रहेर उनीहरुको अन्तरवार्ता समेत समावेश गरीएको छ ।

    गण्डकी टेलिभिजनमा शुक्रबार प्रसारीत सो कार्यक्रमको पुरा श्रृखला तलको भिडियोमा हेर्नुहोस ः

     

    प्रतिकृया दिनुहोस्

    कोरोना संक्रमित चिकित्सकको डरलाग्दो अनुभव, सरकारी गाडीको दुरुपयोग गर्दै गाउँपालिका (भिडियो सहित)

    पोखराका चिरपरीचित चिकित्सक डा. मुकुन्द आचार्य कारोना जितेर अहिले नियमित काममा फर्किसकेका छन । तर...

    विप्लव पुत्र प्रकाश भन्छन्-‘दुर्गा प्रसाई माफिया नै हुन’, प्रसाई भन्छन्-‘व्यवसाय गरेर खान नपाउने ?’ (भिडियो सहीत)

    केही दिन अघि सार्वजनिक भएको प्रतिबन्धीत संगठन नेकपाका महासचिव नेत्र बिक्रम चन्द ‘बिप्लव’ का छोरा...

    कोरोना संक्रमण डरलाग्दो, प्रदेशको तयारी अस्तव्यस्त, मुख्यमन्त्री कता ? (भिडियो सहित)

    गण्डकी प्रदेशको राजधानी शहर पोखरामा जटिल प्रकृतिका कोरोना संक्रमितको उपचारको लागि बेड पाउनै मुस्कील छ...

    कोरोना संक्रमण: पोखरामा डरलाग्दो स्थिति, एउटा बेड पनि खाली छैन, निजी अस्पतालले लाखौ असुल्दै (भिडियो सहीत)

    प्रदेश राजधानी पोखरामा कोरोना संक्रमणको डरलाग्दो रुप देखिएको छ । विहीबार पोखराका सरकारी र निजी...

    फिल्ड भिजिटको नाममा यसरी घुस माग्दै कर्मचारी ! दशैमा पोखरामा सुरक्षा चुनौती ? (भिडियो सहित)

    पोखरा महानगरपालिका वडा नं १७ कार्यालयका एक कर्मचारीले फिल्ड भिजिटको नाममा घुस मागेको खुलेको छ...