News Portal

  • कोरोना संक्रमण डरलाग्दो, प्रदेशको तयारी अस्तव्यस्त, मुख्यमन्त्री कता ? (भिडियो सहित)

    अपिल त्रिपाठी
    २१७ पटक

    गण्डकी प्रदेशको राजधानी शहर पोखरामा जटिल प्रकृतिका कोरोना संक्रमितको उपचारको लागि बेड पाउनै मुस्कील छ । केन्द्र सरकारले लक्षित बर्ग बाहेक अन्य नागरीकले आफैले उपचार गर्नुपर्ने घोषणा गरेपछि, मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ सबै नागरीकको उपचारको जिम्मेवारी प्रदेश सरकारले लिने बताएका थिए । तर त्यो सुबिधा पाउनको लागि सरकारी अस्पतालमा बेड पाउनु पर्ने हुन्छ । सिमित बेडमा उपचार गराइरहेका सरकारी अस्पतालले केही प्रतिशत मात्रै संक्रमितको उपचार गर्न सक्छन् , धेरै नागरीक निजी अस्पताल धाउनु पर्ने बाध्यता छ । निजी अस्पतालले चर्को शुल्क लिने गरेका छन् ।

    गण्डकी टेलिभिजनको कार्यक्रम गण्डकी छड्केले यही बिषयमा गत हप्ताको श्रृखला तयार पारेको थियो । सो कार्यक्रममा प्रदेशका अधिकारीहरुले जिल्ला जिल्लामा संक्रमितको उपचारको लागि व्यवस्था मिलाइएको दाबी गरेका थिए । तर त्यसको फ्याक्ट चेक गर्दा, स्याङ्जा, तनहुँ लगायतका जिल्लामा न त आइसियु छ, न भेन्टीलेटर न त, जनशक्ति नै । आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ बजेट निकाशा भएपनि जिल्लाका कर्मचारीको सिपको अभावले समस्या भएको बताउंछन् । कोशिष गर्दागर्दै पनि स्थिती जटिल बन्न पुगेको मन्त्री गुरुङको तर्क छ ।

    गण्डकी टेलिभिजनमा प्रसारित कार्यक्रमको पुरा श्रृखला तलको भिडियोमा हेर्नुहोस ः

     

    प्रतिकृया दिनुहोस्

    कोरोना संक्रमित चिकित्सकको डरलाग्दो अनुभव, सरकारी गाडीको दुरुपयोग गर्दै गाउँपालिका (भिडियो सहित)

    पोखराका चिरपरीचित चिकित्सक डा. मुकुन्द आचार्य कारोना जितेर अहिले नियमित काममा फर्किसकेका छन । तर...

    विप्लव पुत्र प्रकाश भन्छन्-‘दुर्गा प्रसाई माफिया नै हुन’, प्रसाई भन्छन्-‘व्यवसाय गरेर खान नपाउने ?’ (भिडियो सहीत)

    केही दिन अघि सार्वजनिक भएको प्रतिबन्धीत संगठन नेकपाका महासचिव नेत्र बिक्रम चन्द ‘बिप्लव’ का छोरा...

    कोरोना संक्रमण डरलाग्दो, प्रदेशको तयारी अस्तव्यस्त, मुख्यमन्त्री कता ? (भिडियो सहित)

    गण्डकी प्रदेशको राजधानी शहर पोखरामा जटिल प्रकृतिका कोरोना संक्रमितको उपचारको लागि बेड पाउनै मुस्कील छ...

    कोरोना संक्रमण: पोखरामा डरलाग्दो स्थिति, एउटा बेड पनि खाली छैन, निजी अस्पतालले लाखौ असुल्दै (भिडियो सहीत)

    प्रदेश राजधानी पोखरामा कोरोना संक्रमणको डरलाग्दो रुप देखिएको छ । विहीबार पोखराका सरकारी र निजी...

    फिल्ड भिजिटको नाममा यसरी घुस माग्दै कर्मचारी ! दशैमा पोखरामा सुरक्षा चुनौती ? (भिडियो सहित)

    पोखरा महानगरपालिका वडा नं १७ कार्यालयका एक कर्मचारीले फिल्ड भिजिटको नाममा घुस मागेको खुलेको छ...