News Portal

  • फिल्ड भिजिटको नाममा यसरी घुस माग्दै कर्मचारी ! दशैमा पोखरामा सुरक्षा चुनौती ? (भिडियो सहित)

    अपील त्रिपाठी
    ९० पटक

    पोखरा महानगरपालिका वडा नं १७ कार्यालयका एक कर्मचारीले फिल्ड भिजिटको नाममा घुस मागेको खुलेको छ । प्रजापती बराल नाम गरेका कर्मचारीेले फोन नै गरेर आफुसंग घुस मागेको भन्दै सेवाग्राही सरोज अधिकारी गण्डकी टेलिभिजनको कार्यालयमा पुगे । सिफारीसको लागी फिल्ड भिजिटमा पुगेपछी कर्मचारी बरालले बेलुका सेवाग्राहीलाई फोन गरेर खर्च दिनु पर्ने भन्दै प्रस्ताव राखेको टेलिफोन रेकर्डमा देखिएको छ । अरु कामको लागी सिफारीस लिदा पनी आफु चाहीने भन्दै धम्कीको शैली प्रयोग गरेको सेवाग्राही अधिकारी बताउछन । ‘पैसा दिउ भने फेरी फेरी पनी माग्ने होलान, नदिउ भने अर्को पटक काम नगर्देलान कि भन्ने डर’– सेवाग्राही अधिकारीले भने । यस सम्बन्धमा बरालले आफुले स्वइच्छाले भए दिने भए ठिकै छ भनेको तर अनिवार्य नगरेको तर्क गरे । यद्यपी उनले आफुबाट गल्ती भएको भने स्वीकार गरेका छन । गण्डकी टेलिभिजनको कार्यक्रम गण्डकी छड्केको यो हप्ताको श्रृखलामा यही बिषयमा रिपोटीङ गरीएको छ । प्रकरण संग सम्बन्धीत रहेर वडाका सचिव र वडाअध्यक्ष संग समेत जवाफ मागिएको छ ।

    कार्यक्रमको सोही श्रृखलामा चाडबाडमा बढ्ने चोरीका घटना साथै अन्य सुरक्षा चुनौतिको सम्बन्धमा कास्कीका प्रहरी प्रमुख एसपी जिवन कुमार श्रेष्ठ संग संवाद गरीएको छ । गण्डकी टेलिभिजनमा कार्तिक ७ गते शुक्रबार प्रसारीत कार्यक्रमको पुरा श्रृखला तलको भिडियोमा हेर्नुहोस ः

     

    प्रतिकृया दिनुहोस्

    कोरोना संक्रमित चिकित्सकको डरलाग्दो अनुभव, सरकारी गाडीको दुरुपयोग गर्दै गाउँपालिका (भिडियो सहित)

    पोखराका चिरपरीचित चिकित्सक डा. मुकुन्द आचार्य कारोना जितेर अहिले नियमित काममा फर्किसकेका छन । तर...

    विप्लव पुत्र प्रकाश भन्छन्-‘दुर्गा प्रसाई माफिया नै हुन’, प्रसाई भन्छन्-‘व्यवसाय गरेर खान नपाउने ?’ (भिडियो सहीत)

    केही दिन अघि सार्वजनिक भएको प्रतिबन्धीत संगठन नेकपाका महासचिव नेत्र बिक्रम चन्द ‘बिप्लव’ का छोरा...

    कोरोना संक्रमण डरलाग्दो, प्रदेशको तयारी अस्तव्यस्त, मुख्यमन्त्री कता ? (भिडियो सहित)

    गण्डकी प्रदेशको राजधानी शहर पोखरामा जटिल प्रकृतिका कोरोना संक्रमितको उपचारको लागि बेड पाउनै मुस्कील छ...

    कोरोना संक्रमण: पोखरामा डरलाग्दो स्थिति, एउटा बेड पनि खाली छैन, निजी अस्पतालले लाखौ असुल्दै (भिडियो सहीत)

    प्रदेश राजधानी पोखरामा कोरोना संक्रमणको डरलाग्दो रुप देखिएको छ । विहीबार पोखराका सरकारी र निजी...

    फिल्ड भिजिटको नाममा यसरी घुस माग्दै कर्मचारी ! दशैमा पोखरामा सुरक्षा चुनौती ? (भिडियो सहित)

    पोखरा महानगरपालिका वडा नं १७ कार्यालयका एक कर्मचारीले फिल्ड भिजिटको नाममा घुस मागेको खुलेको छ...