News Portal

  • सरकारी आवास छोड्न कर्मचारीको अटेरी, एउटै कर्मचारीका जिल्ला जिल्लामा आवास (भिडियो सहित)

    अपिल त्रिपाठी
    १३१ पटक

    जिल्ला प्रशासन कार्यालय कास्कीका कर्मचारी बस्नको लागि पोखरा राष्ट्रबैंक चोक नजिक कर्मचारी आवास भवनहरु छन । सो आवासको सुबिधा प्रशासनमा कार्यरत रहदाको अवस्थामा मात्र पाइन्छ । कर्मचारी सरुवा भएपछि सरुवा भएकै कार्यालयको आवास प्रयोग गर्नुपर्छ र रमाना लिनु अघि त्यहाँ सरुवा भएर आउने नयाँ कर्मचारीको लागि आवास खाली गरीसक्नुपर्छ ।

    तर कास्की प्रशासनबाट सरुवा भएर गएका केही कर्मचारीहरुले आवास खाली गर्ने प्रमुख जिल्ला अधिकारीकै निर्देशनलाई पटक पटक अटेरी गर्दै आएका छन । यति सम्मकी सरुवा भएर गएको जिल्लामा समेत कर्मचारी आवास प्रयोग गरी दोहोरो सुबिधा लिएर सरकारी सम्पत्तीको दुरुपयोग भैरहेको छ ।

    सरुवा भएर आएका नया कर्मचारीलाई आवासको ब्यबस्थापन गर्न बाधा परेको भन्दै कास्की प्रशासनले पटक पटक ताकेता गर्दा समेत कर्मचारीले बिभिन्न बाहानामा आवास खाली गर्न अटेरी गरीरहेका छन । कतिपय कर्मचारी भने, प्रशासनमा कार्यरत नभएपनी दशक बढी देखी प्रशासनको आवास प्रयोग गरीरहेको पाइएको छ ।

    यसै बिषयमा गण्डकी टेलिभिजनको कार्यक्रम गण्डकी छड्केको यस हप्ताको श्रृखलामा रिपोटीङ गरीएको छ । सो कार्यक्रममा सरुवा भएर गएका कर्मचारी भएकै जिल्लाका कार्यालयमा पुगि कर्मचारी संग सवाल गरीएको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी संग समेत सम्बन्धीत कर्मचारी र ताकेताको बिषयमा प्रश्न गरिएको छ ।

    गण्डकी टेलिभिजनबाट शुक्रबार प्रसारीत गण्डकी छड्केको पुरा श्रृखला तलको भिडियोमा हेर्नुहोस ः

    प्रतिकृया दिनुहोस्

    कोरोना संक्रमित चिकित्सकको डरलाग्दो अनुभव, सरकारी गाडीको दुरुपयोग गर्दै गाउँपालिका (भिडियो सहित)

    पोखराका चिरपरीचित चिकित्सक डा. मुकुन्द आचार्य कारोना जितेर अहिले नियमित काममा फर्किसकेका छन । तर...

    विप्लव पुत्र प्रकाश भन्छन्-‘दुर्गा प्रसाई माफिया नै हुन’, प्रसाई भन्छन्-‘व्यवसाय गरेर खान नपाउने ?’ (भिडियो सहीत)

    केही दिन अघि सार्वजनिक भएको प्रतिबन्धीत संगठन नेकपाका महासचिव नेत्र बिक्रम चन्द ‘बिप्लव’ का छोरा...

    कोरोना संक्रमण डरलाग्दो, प्रदेशको तयारी अस्तव्यस्त, मुख्यमन्त्री कता ? (भिडियो सहित)

    गण्डकी प्रदेशको राजधानी शहर पोखरामा जटिल प्रकृतिका कोरोना संक्रमितको उपचारको लागि बेड पाउनै मुस्कील छ...

    कोरोना संक्रमण: पोखरामा डरलाग्दो स्थिति, एउटा बेड पनि खाली छैन, निजी अस्पतालले लाखौ असुल्दै (भिडियो सहीत)

    प्रदेश राजधानी पोखरामा कोरोना संक्रमणको डरलाग्दो रुप देखिएको छ । विहीबार पोखराका सरकारी र निजी...

    फिल्ड भिजिटको नाममा यसरी घुस माग्दै कर्मचारी ! दशैमा पोखरामा सुरक्षा चुनौती ? (भिडियो सहित)

    पोखरा महानगरपालिका वडा नं १७ कार्यालयका एक कर्मचारीले फिल्ड भिजिटको नाममा घुस मागेको खुलेको छ...