News Portal

  • अपिल त्रिपाठी बिरुद्ध सर्वोच्चमा मुद्धा दर्ता, साना शहरी खानेपानी लेखनाथ कार्यालयमा लफडा ! (भिडियो)

    अपिल त्रिपाठी
    २८७ पटक

    संचारकर्मी समेत रहेका उपभोक्ता अपिल त्रिपाठी बिरुद्ध सर्वोच्च अदालतमा मुद्वा दायर भएको छ । नेपाल टेलिकमले त्रिपाठी लाई बिपक्षी बनाई मुद्वा दायर गरेको हो । झण्डै ३ बर्ष अगाडी त्रिपाठीले नेपाल टेलिकमले आफुलाई सेवा प्रवाहमा ढिलाई गरी समय बर्बाद गरेको, आर्थिक क्षती गरेको, मानसिक तनाब दिएको भन्दै १ लाख क्षतिपुर्तीको माग दाबी सहित जिल्ला क्षतिपुर्ती समिति कास्कीमा उजुरी दिएका थिए । समितिले नेपाल टेलिकमले उपभोक्ता माथी तत्काल बहन गर्नुपर्ने दायित्वमा उदासिनता देखाएको ठहर गर्दै त्रिपाठीलाई टेलिकमबाट ५ हजार क्षतिपुर्ती भराउने निर्णय गरेको थियो ।

    सो निर्णयमाथी टेलिकमले उच्च अदालत पोखरामा पुनराबेदन गरेपनी, अदालतले क्षतिपुर्ती समतिको निर्णय नै सदर गरेको थियो । फेरी टेलिकमले उपभोक्ता अपिल त्रिपाठीलाई बिपक्षी बनाई सर्वोच्च अदालतमा मुद्वा दायर गरेको छ । गण्डकी टेलिभिजनमा प्रसारीत टेलिभिजन कार्यक्रमको यो हप्ताको श्रृखलामा त्रिपाठी र टेलिकम बिचको बिबादको इतिहास र पछिल्लो प्रकरणबारे जानकारी गराइएको छ । आज शुक्रबार गण्डकी टेलिभिजनबाट सार्वजनिक भएको सोही कार्यक्रममा लेखनाथ साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका पदाधिकारी र उपभोक्ता सदस्य बिचको खानेपानी शुल्कको बिबादको बिषय समेत समेटीएको छ ।

    कार्यक्रमको पुरा श्रृखला तलको भिडियोमा हेर्नुहोस् !

     

    प्रतिकृया दिनुहोस्

    कोरोना संक्रमित चिकित्सकको डरलाग्दो अनुभव, सरकारी गाडीको दुरुपयोग गर्दै गाउँपालिका (भिडियो सहित)

    पोखराका चिरपरीचित चिकित्सक डा. मुकुन्द आचार्य कारोना जितेर अहिले नियमित काममा फर्किसकेका छन । तर...

    विप्लव पुत्र प्रकाश भन्छन्-‘दुर्गा प्रसाई माफिया नै हुन’, प्रसाई भन्छन्-‘व्यवसाय गरेर खान नपाउने ?’ (भिडियो सहीत)

    केही दिन अघि सार्वजनिक भएको प्रतिबन्धीत संगठन नेकपाका महासचिव नेत्र बिक्रम चन्द ‘बिप्लव’ का छोरा...

    कोरोना संक्रमण डरलाग्दो, प्रदेशको तयारी अस्तव्यस्त, मुख्यमन्त्री कता ? (भिडियो सहित)

    गण्डकी प्रदेशको राजधानी शहर पोखरामा जटिल प्रकृतिका कोरोना संक्रमितको उपचारको लागि बेड पाउनै मुस्कील छ...

    कोरोना संक्रमण: पोखरामा डरलाग्दो स्थिति, एउटा बेड पनि खाली छैन, निजी अस्पतालले लाखौ असुल्दै (भिडियो सहीत)

    प्रदेश राजधानी पोखरामा कोरोना संक्रमणको डरलाग्दो रुप देखिएको छ । विहीबार पोखराका सरकारी र निजी...

    फिल्ड भिजिटको नाममा यसरी घुस माग्दै कर्मचारी ! दशैमा पोखरामा सुरक्षा चुनौती ? (भिडियो सहित)

    पोखरा महानगरपालिका वडा नं १७ कार्यालयका एक कर्मचारीले फिल्ड भिजिटको नाममा घुस मागेको खुलेको छ...