News Portal

  • प्राविधिक शिक्षामा जोड दिएका छौँ – शिक्षामन्त्री

    २४५९ पटक

    शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सरकारले प्राविधिक शिक्षालाई जोड दिएको बताउनुभएको छ । खामतेल विकास मञ्चको आज यहाँ दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै उहाँले संसार नै प्रविधिमैत्री हुँदै गएकाले सरकारले प्राविधिक शिक्षामा जोड दिएको बताउनुभयो ।

    उहाँले मुलुकका धेरै ठाउँमा प्राविधिक शिक्षालय स्थापना भइरहेको जानकारी दिँदै अब प्राविधिक शिक्षाबिना शिक्षा क्षेत्रमा उपलब्धि हासिल गर्न नसकिने धारणा राख्नुभयो । ‘‘अबको युग नै प्रविधिको हो, हामीले प्राविधिक शिक्षामा जोड दिएका छौंँ,’’ मन्त्री पोखरेलले भन्नुभयो ।

    कार्यक्रममा प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले प्राविधिक शिक्षा देशको आर्थिक विकासको आधार भएकाले सरकारले प्राविधिक शिक्षालाई उच्च प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।

    खोटाङ जिल्लाको खामतेल भन्ने गाउँमा जन्मेर काठमाडौँमा विभिन्न पेशा व्यवसायमा सङ्लग्न व्यक्ति मिलेर स्थापना गरेको खामतेल विकास मञ्चको आज भएको अधिवेशनले डा भागवत आचार्यको अध्यक्षतामा आठ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

    प्रतिकृया दिनुहोस्

    भानु नगरपालिका : ‘कर्मचारी पक्राउ प्रकरण’को वास्तविकता (भिडियो सहित)

    भानु नगरपालिकाका कर्मचारी गत साता चोरी आरोपमा पक्राउ परे । भानु नगरपालिकाले २ वटा कार्यालयबाट...

    सूचना लुकाउदै विद्युत प्राधिकरण ! मंसीर २२ को त्यो रहस्यमय घटना (भिडियो सहित)

    नेपाल विद्युत प्राधिकरणका गण्डकी प्रदेश अन्तर्गतका विभिन्न वितरण केन्द्रहरुले अनेक वाहानामा सूचना लुकाएको पाइएको छ...

    सूचना लुकाउदै बिद्युत वितरण केन्द्रहरु, पोखरा नयाँ बिमानस्थलमा जहाज आउनै नदिने चेतावनी !

    गण्डकी टेलिभिजनको कार्यक्रम गण्डकी छड्केको समाचार प्रयोजनको लागी भन्दै गण्डकी प्रदेशका बिभिन्न बिद्युत बितरण केन्द्रहरुलाई...

    निमुखा जनतामाथी प्रहरीको ज्यादती, महानगरपालिकामा तनाव (भिडियो सहित)

    फेवातालको किनारमा चटपट, आइसक्रिम लगायत साना व्यवसाय गर्ने मानिसहरुलाई पोखरा महानगरको नगर प्रहरी र बैदाम...

    आर्थिक संकटमा क्रिकेट रंगशाला, धुर्मुस भन्छन् – ‘हिम्मत हारेको छैन’, रंगशालामा अपिल त्रिपाठी (भिडियो)

    धुर्मुस सुन्तली फाउण्डेसनको अगुवाईमा चितवनमा निर्माणाधिन गौतम वुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला आर्थिक संकटमा परेको छ...